काठमाडौं :पछिल्लो समय सबैको मन मुटुमा बसेकी लाईभ गायिका मुना मगरले आवाज दिएको फेरी अर्को नया तीज गीत्”वचनैले नघोच”भनेर बजारमा आएको छ । गीतमा पछिल्लो समय लाईभ दोहोरीमा निकै नै लोकप्रिय गायिका टिका सानु र चर्चित गायक हेमन्त रसाइली कान्छाले मुना मगरलाई आवाजमा साथ् दिएका छन ।”बचनैले नाघोच”सफलताको सिखर चुमेर यो अर्को उत्कृष्ट गीत बन्ने छ । लाईभ दोहोरि गीतबाट सार्वाधिक चर्चामा आएकी लाईभ दोहोरि गायिका मगर यतिबेला सबैको मुटुमा बसेकी छन् । यो गीत वास्तविक नै मुना मगरको जीवनमा मेल खाएको छ । सतिस अधिकारीले निर्माण गरेको गीतलाई एस थ्री के ले बजार ब्यबस्थापन गरेको छ भने गीतमा निर्देशन देबेन्द्र कुँवरले गरेका छन ।
कुवरले अहिलेसम्म दर्जनभन्दा बढी फिल्म,बिज्ञापनको साथै हजारौंको संख्यामा प्रोग्राम अनि म्युजिक भिडियोहरुको कोरियोग्राफीसंगै निर्देशन पनि गरिसकेका छन् । बिगत लामो समय देखि यसै क्षेत्रमा लागेका कुवर यतिबेला सिखर चुम्ने क्रममा छन् ।यस गीतमा शब्द भने सतिस अधिकारीले कोरेका छन । हेमन्त रसाइली कान्छाको संगीत रहेको गीत निकै मार्मिक बनेर आएको हो। सो गित निर्देशन देबेन्द्र कुँवरले नै गर्नु भएको थियो । यो गीत पनि सोहि टिमले नै गरेको हों ।
प्रकाश खडकाले छायांकन गरेको भिडियो भित्र सवैका मन मुटुमा बसेका निकै नै लोकप्रिय हास्यकलाकार राजु मास्टर,अनिता बस्नेत”मास्टरनी” र चक्र साउद आर सीको रहेको छ भने यो गीतको म्युजिक भिडियो सम्पादन भने राजेश कुमारले गर्नु भएको छ । म्युजिक भिडियोमा होची मुना मगरको जीवनको बारेमा चित्रण गरिएको छ । राजु पौडेल र अनिता बस्नेतले भने आमा बुवाको भूमिका निभाएको छ । गीता निकै नै अमय सान्दर्भिक बनेको छ । गीतमा समाजमा घटेका तिता मिठा कुरा र ठुलो मान्छे र सानो मान्छे बीच हुने विभेदलाई बिशेष ख्याल गरेको छ ।
सामाजमा हुने विकृति र अपाङ्ग असाय तथा शारीरिक रुपमा केहि बिचलन आएका मान्छेहरु प्रति गरिने व्यवहारलाई उतारेका छन् । साच्चै नै भन्ने हो भने यो गित निकै नै संदेश मुलक छ । यो मुना मगर यो गीतको लागि एउटा पात्र मात्रै हुन् यो सवैका लागि ऊतिकै उचित र उपलब्ध मुलक नै छ ।
तीजको नाम दिएर बजारमा आएको गीतको पूर्ण सफलताको शुभकामना छ । भिडियो हेरौ :