पुजा अधिकारीले अभिनय गरेको पहिलो डेउडा”साँचो साईका हात”गितको चौतर्फी चर्चा(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, असार २३ २०७७
  • तामाकोशी

काठमाडौं- युवा गायक चक्र साउद आर.सीको मध्यापश्चिम सुदूरपश्चिमको मौलिकता झल्किने डेउडा गित केहि दिन अगाडी S3K Entertainment Official युट्युब मार्फत“साँचो साईका हात”बोलको गित सार्वजनिक भएको छ । S3K Entertainmentको प्रस्तुति “साँचो साईका हात”चक्र साउद आर.सी र पछिल्लो समय समय युवा पुस्ताकी चर्चित तथा लोकप्रिय गायिका रेखा जोशीको स्वर छ ।

चक्र साउद आर.सिको शब्द संकलन रहेको यस गितमा लय जनक साउदको रहेको छ। उक्त गितको म्युजिक भिडियोमा भिम खडका र पुजा अधिकारीको अभिनय रहेको छ । खडकाले भने दर्जनौ गितमा अभिनय गरिसकेका छन् भने पुजाको भने यो दोस्रो म्युजिक भिडियो हो । छोटो समयमा नै निकै नै चर्चा चुलिएको छ ।



गितको म्युजिक भिडियोको निर्देशन भिम खडकाले गरेका हुन् भने छायाकंन अमित बिकले गरेका हुन् । दिपक संगम बिसिले एरेन्जर गर्नु भएको गीतको म्युजिक भिडियो सम्पादन राजेश कुमारले गरेका हुन् । हेर्नुहोस यो म्युजिक भिडियो :