चक्र वमको शब्द संगितमा विल्कुलै नयाँ गित “गाजल” सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, असार २३ २०७७
  • तामाकोशी

काठमाडौं -नेपालि गीतसंगीतमा केहि नयाँ,नौलोपन खोज्ने र फरक धारका गित संगीतमा रुची राख्ने पछिल्लो समय थुप्रै दर्शक र श्रोताका मन मुटुमा बसेका चक्र बमको बिलकुलै नौलो प्रस्तुति गायक स्वयमको शब्द ,संगित तथा स्वर रहेको गित”गाजल”गितको म्युजिक भिडियो आफ्नै असिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बमका हरेक गित उत्तिकै चर्चामा आएका छन् ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चक्र बम र पछिल्लो समय सामाजिक सन्जालमा निकै नै भाईरल भएको टिकटक स्टार गीता ढुङ्गानाको अभिनय रहेको छ । गिता ढुंगाना टिकटकमा निकै नै भाईरल बनेकी छन् । हरेक गीतमा टिकटकमा अभिनय गरेर सार्वजनिक गरेसंगै उनीप्रति सवैको आखा परेको हो ।



ढुंगानाका हरेक टिकटक भिडियो निकै नै लोभलाग्दा र प्रिय छन् । केशब बडुको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियो प्रकाश खडकाले छायाकन गरेका हुन् भने मिलन विश्वक्रमाले सम्पादन गरेका हुन् ।