नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ५ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ ५ गते,
नेपाली मुलका युवा दिवेश पोखरेल १८ औँ अमेरिकन आइडलको उपबिजेता बन्दै दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । सोमबार भएको फाइनल राउण्डको क्रममा भोटिङका आधारमा दिवेश उपविजेता बनेका हुन् । उनी उपाधिको दाबेदार मानिएपनि जस्ट सामन अमेरिकन आइडल बन्न सफल भइन । अन्तिम प्रस्तुतीमा पोखरेलले आर्ड डन्ट वान्ट टु बी बोलको पहिलो गित गाएका थिए । अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश नै पहिलो नेपाली हुन् ।