नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा,भोटिङ खुल्ला

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ५ २०७७
  • तामाकोशी

काठमाडौं। जेठ ५ गते,
नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ ममा पुग्न सफल भएका छन् । उत्कृष्ट ५ को घोषणासंगै उपाधीका लागि भोटिङ पनि खुल्ला भएको छ । दिवेशले अब उपाधीका लागि फाइनल राउण्डको सामना गर्नेछन् । यसमा प्रत्येक प्रतियोगीले दुई दुई वटा प्रस्तुती दिनेछन् । साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छन् । कोरोनाका कारण अमेरिकन आइडलका फाइनलमा सबैले आआफ्नै घरबाट प्रस्तुति दिइरहेका छन् ।