काठमाडौं, वैशाख २९ गते।
नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए ।
आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।
अमेरिकन आइडलको टप ७ मा नेपाली युवा
- प्रकाशित मिति: सोमबार, बैशाख २९ २०७७
- तामाकोशी