काठमाडौं । अहिलेका चर्चित मोडल संजिव ठकुरी र शुसिता तामाङको उत्कृष्ठ अभिनयमा नयाँ लोक दोहोरी गित माकुरी सार्वजनिक भएको छ ।
विशुद्ध मनोरञ्जनात्मक ठट्यौली शैलीको यस गीतमा लय तथा उत्कृष्ट शब्द सिर्जना किरण गौतमको रहेको छ भने शुसिता तामाङ र किरण गौतमको सुमधुर स्वरमा शुसजित रहेको छ । नयाँ लोक दोहोरी गित माकुरी को म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले छायांकन गरेको छ ।
माकुरी,बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोलाई मोडल संजिव ठकुरीको अफिशियल युट्युब च्यानल बर्फत सार्वजनिक गरिएको छ ।
शुसिता तामाङको उत्कृष्ठ अभिनयमा नयाँ दोहोरी गित सार्वजनिक
- प्रकाशित मिति: आइतबार, चैत्र २ २०७६
- तामाकोशी