आयुषा गौतम र राजु परियारको स्वरमा रहेको गित”फुली नाकैमा”गित सार्वजनिक भएको २४ घण्टा नपुग्दै बन्यो भाईरल

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन २० २०७६
  • तामाकोशी

काठमाडौं – पछिल्लो समय युट्युबमा भाइरल भएकी ८ बर्षिय बालगायिका आयुषा गौतमको पहिलो गीत “फुली नाकैमा” सार्वजनिक भएको छ । बालगायिका आयुषा गौतम र चर्चित लोक गायक राजु परियारको सुमधुर स्वरमा रहेको छ ।

गीतमा प्रल्हाद सुबेदीको उत्कृष्ट शब्द सृजना रहेको छ भने डी.आर सुजनको लय रहेको छ । सम्भु चालिसेले छायाकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । सतिश अधिकारीको परिकल्पनामा तयार भएको म्युजिक भिडियोलाई डि.आर सुजनले निर्देशन गर्नु भएको हो भने म्युजिक भिडियोमा सरोज खनाल,कृष्ण कडेल आयुषा गौतम र अन्या कलाकारको अभिनय रहेको छ । म्युजिक भिडियो S3K Entertainment Official Youtube च्यानलबाट सार्वजनिक भएको छ ।