कमला घिमिरेसंग न ज दाज्नुहोस भन्दै ८ बर्षिय आयुषा फेरी मिडियामा,यस्तो छ उनको प्रतिभा(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, माघ १७ २०७६
  • तामाकोशी

काठमाडौँ-पछिल्लो समय नेपालि गीतसंगीतमा नयाँ प्रतिभा दिन प्रतिदिन आउने क्रम निकै बढेको छ । बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा जन्मिएकी दोहोरीमा अब्बल धादिङकी ११ वर्षीय कमला घिमिरे सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन् । दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ । यतिबेला उनलाई पनि देश बिदेशमा पनि उत्तिकै भ्याई नभ्याई भएको छ । कमलाको प्रतिभा देखेर दुनियाँ चकित भएको छ । कमला घिमिरेको आफ्नै पहिचान बनाईसकेकी छन् ।

यसै क्रममा ८ वर्षीय आयुषा गौतम अदभुत प्रतिभा देखाएर मिडियामा देखा परेकी छन् । बुबा लेखनाथ गौतम र आमा रत्ना चौलागाई गौतमको कोखबाट जन्मेकी काभ्रे पलान्चोक स्थायी घर भएकी आयुषा गौतम यतिबेला अस्थायी रुपमा काठमाडौँ बस्दै आएकी छन् । सानो उमेरमा घरमा गित गाउँन र नाच्न उत्तिकै रहर गर्छिन । स्कुलमा हुने कार्यक्रमा पनि डान्स गरेर पुरुस्कार पनि जितिसकेकी छन । सानै उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा नाचेर चकित पार्ने गर्थिन उनी । तर यसरि आयुषा गित गाउछिं भनेर कसैले पत्तो समेत पाएका थिएनन । सानै उमेर भएपनी गहन शब्दलाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमता छ भन्ने कुरा कसैले पत्याएका थिएनन । विद्यालयमा आयोजना गरिने अतिरिक्त प्रतियोगीतामा भाग लिई सबैको प्रशंसा हौसला र पोजिसन जित्ने उनको कला नै थियो ।



८ वर्षीय आयुषा गौतम कमला कक्षा २ मा पढ्छिन् । तर यिनको दोहोरी गायन क्षमता अद्भूत छ । उनको प्रतिभा देशदूनियाभर फैलिन एक क्षण पनि लागेन् । काठमाडौँमा बसेकी अयुषाको घरमा लोक दोहोरि गीत नै प्राय गाउने सुन्ने गर्दथे । इन्द्रेणी कार्यक्रम हेर्न पुगेका अयुशाको परिवारमा एकाएक खुसि छाएको छ । इन्द्रणी कार्यक्रममा गै सकेपछी कार्यक्रमा नाचेर चकित बनाए पछी कृष्ण कडेलले मन्चमा बोलाएर प्रशंशा गरे पछी झन् चर्चा चुलिएको छ । आयुषाले गित पनि गाउँन भने पछी एक दुई टुक्का कार्यक्रममा गित गाएर सवाल जवाफ गरे पछी अर्को कार्यक्रममा बोलाएर चर्चित लोक दोहोरि गायक राजु परियार र क्षत्र शाहीसँग जुहारी खेलेका थिए ।

आयुषाको प्रतिभा भनेको उनी ठाउँको ठाउँ दोहोरी सिर्जना गर्न सक्छिन् । विपक्षीले जस्तो सवाल गर्छन्, त्यसको उस्तै जवाफ दोहोरीमार्फत नै उनी फर्काइदिन्छिन् । यति कम उमेरमा उनको कल्पनाशीलता, सिर्जनशीलताबाट प्रभावित नहुने कमै छन् । त्यही भएर मिडिया, अझ खासगरी युट्युव च्यानलहरुको रोजाइमा उनी पर्ने गरेकी छन् ।‘संसारका सबै बालबालिका क्षमतावान हुन्छन् तर कसैको छिट्टै प्रतिभा प्रष्फुटन हुन्छ त कसैको ढिलोगरी हुन्छ’, परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन् । तर सामान्य गीत गाउने र भजन कृतनसम्म गर्छन आयुशाको घरमा यसरि ‘छोरीको प्रगति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै हजुर बुवाले भने भगवानले छोरीको प्रतिभालाई चिन्यो । यसरि छोरीले गीत गाउदा हामीलाई चकित बनाएको छ । मिडियामा बोल्दै भन्नु भयो मेरो छोरीलाई कमला घिमिरेसँग नाम जोडेर न भन्नुहोला कमला घिमिरेको आफ्नै प्रतिभा छ । छुट्टै पहिचान बनाई सकेकी छन् । कमलाको आफ्नै प्रतिभा छ आयुशाको आफ्नै प्रतिभा छ । धन्याबाद दिए कार्यक्रम इन्द्रेणीलाई ।