पल शाह र वर्षा रावतको अभिनय रहेको”पहाडी बठिनिया”गीतको चर्चा(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष २९ २०७६
  • तामाकोशी

काठमाडौं –माघी पर्वको शुभकामना सहित एस थ्री के इन्टरटेनमेन्टको प्रस्तुति तथा एस थ्री के इन्टरटेनमेन्टको सहयोगमा निर्माण भएको यो म्युजिक भिडियोमा केही समयदेखि लगातार सुपरहिट नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरेर व्यापक चर्चामा रहेका नायक पल शाह र नायिका वर्षा रावतले आज सार्वजनिक भएको थारु गीत”पहाडी बठिनिया”मा अभिनय गरेका छन् । गितमा गायक नरेश जोगी र गायिका कामना प्रसाईको स्वर रहेको छ । नरेश जोगि कै शब्द र संगीत रहेको यो गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । अर्जुन तिवारीले खिचेको गीतको म्युजिक भिडियो सम्पादन भने मिलन बिकले गरेका छन ।

थारु गीतमा पल र वर्षाको जोडी देख्दा दर्शकले नयाँ स्वाद महसुस गर्नुहुनेछ,’ गायक जोगीले भने । एक पहाडी युवती र तराईको थारु केटा बीचको माया प्रेम यस भिडियोमा देखाउन खोजिएको कुरा समेत गायक जोगीले बताएका छन् । एस थ्री के इन्टरटेनमेन्टको अफिसियल युटुब मार्फत यो भिडियो आज सार्बजनिक भएको छ ।
हेर्नुहोस भिडियो :