काठमाडौ – नेपाली गितसंगितको क्षेत्रमा मौलिक मौलिकता हराउदै गएको बेला परिवर्तन डिजिटल म्युजिक प्रा.लिको प्रस्तुति प्रकाश जेठाराको मौलिक डेउडा गित“सुनकी महल”सार्वजनिक भएको छ । हरेक कलाकारकर्मिले मौलिक संस्कृति र आफ्नो मौलिकतालाई ध्यानमा राखेर गितांगितको सृजना गर्नुपर्ने एक अर्को आवश्यकता देखिन्छ । मौलिक संस्कृतिलाई मासेर जाने हो भने अब आउने पिडिले त दिउसै सपना देखेको झै हुन्छ । ताकी एउटा काहानी मात्रै बन्ने छ । एउटा कलाकार मासिदा सिङ्गो कलाकारिता क्षेत्रमा हल्लिखल्ली हुन्छ भने मौलिक संस्कृति नै मासिने हो भने देशको मान र इमान गुम्ने एउटा अर्को पाटो रहेको छ । यसैबीचमा प्रकाश जेठारा र बिगत लामो समय देखि नेपाली गितसंगित र मौलिक डेउडा संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका साथसाथै पछिल्लो समय नै लोकप्रिय गायिका रेखा जोशिको सुमधुर स्वरमा रहेको गित सार्बजनिक भएको छ ।
करन के बिसिको शब्द सृजना तथा संगित गायक स्वयम प्रकाश जेठाराको रहेको छ । रमेश बिजुलिको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन सोनु बिकले गरेका छन ।प्रकाश जेठारा,पुजनाथ बिष्ट र राम ऐरको अभिनय रहेको यो म्युजिक भिडियो विषेश फिल्मको युटुब च्यानलबाट बजार वितरण गरिएको छ ।
हेर्नुहोस भिडियो :