भिम खडका र करिश्मा ढकालको अभिनय”गुन्द्री र चकटी”गित आउदो सोमबार सार्वजनिक हुदै…

  • प्रकाशित मिति: बिहिबार, पुष १० २०७६
  • तामाकोशी

११ पौष -चर्चित गायिका सम्झना भण्डारी र नव गायक चिज कुमार रावतको स्वरमा रहेको “गुन्द्री र चकटी” बोलको गीतको म्युजिक भिडियो सुटिंग सम्पन्न भएको हप्ता दिन पछी पौष १४ गते सोमबार सार्वजनिक हुने भएको छ । सुप्रिम राज बिस्वकर्माको शब्द तथा रुद्र जीएमको संगीत रहेको उक्त गीतको भिडियोलाई चर्चित नेर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन् । यस भिडियोको छायांकन सिखाल चौरमा गरिएको छ। बि-स्टार फिल्मसको पर्दामा निर्माण गरेको म्युजिक भिडियोलाई प्रकाश खडकाले खिचेका हुन् भने मिलन बिकले सम्पादन गरेका छन् ।

यो म्युजिक भिडियोमा भिम खडका र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ । भिम खडका पनि नेपालि सांगीतिक क्षेत्रका एक हस्ती हुन् । खडकाले बिभिन्न विधाका गितमा अभिनय गरिसकेका छन् । दर्जनौ गीतमा अभिनय गरिसकेका खडकाले यो गीतमा फरक शैलीले प्रस्तुत भएका छन् । यो म्युजिक भिडियोमा नेपालि लोकदोहोरी क्षेत्रकी चर्चित तथा पछील्लो समय नेपालि सांगीतिक क्षेत्रकी चर्चित मोडल करिश्मा ढकालसंग अभिनय गरेका छन् । ढकालले पनि दर्जनौ गितमा अभिनय गरिसकेकी छन् । उत्तिकै चर्चित पनि छन् । आशा छ यो गीत पनि चर्चाको शिखरमा चढने छ । यो म्युजिक s3k entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक हुनेछ ।