नेपालि गीतसंगीत आउने क्रममा जय संगित म्युजिक प्रा.ली.को प्रस्तुतिमा यो बर्षकै सुपरहिट देउडा गायिका गौरी भट्ट दिपेन्द्र रावल दिलजले खगेन्द्र जोशीको आवाजमा धार्मीक सास्कृतीक ठाउ डोटी जिल्लामा गाउले परिबेस र मौलिक सस्कृतीलाइ मध्यनजर गरी छायंकन गरियको डेउडा गीतको म्युजीक भिडियो “मेरी माया माल”सार्वजनिक गरेका छन् ।दिपेन्द्र रावल दिलजले र मदन साउद यम.यनको संयुक्त प्रस्तुती लय मदन साउद यम यन र सब्द देबराज भट्टको रहेको छ भने म्युजिक भिडियोमा प्रेम शिशिर बम,उज्वल रावल,रिदम दिपेस बम अंजान संगीता बम,करिस्मा बमलगायतको अभिनय रहेको छ ।
सुरेन्द्र संगमको निर्देशन रहेको म्युजिक भिडियोलाई पछिल्लो युवा पुस्ताका क्यामेराम्यान अमित बिकले छायाकन गरेका हुन् । अमित बिक लामो समय देखिने यसै क्षेत्रमा लागिरहेका छन् । यो भिडियोलाई अनुप बिकले सम्पादन गरेका छन् भने श्रीराम फिलिम्सको पर्दामा दृश्या निर्माण भएको हो ।
हेर्नुहोस भिडियो :