भिम खडका र रोजी कुवरको बिहे सम्पन्न,सुदूरपश्चिम बासिलाई गायिका शोभा थापाको सर्प्रईज

  • प्रकाशित मिति: आइतबार, मंसिर २९ २०७६
  • तामाकोशी

काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । अहिले बिबाह पार्टी भोज भतेरमा हिन्दी गित बज्न लगभग छोडिसकेका छन् प्राय नेपाली गित मात्रै बजेको सुन्न पाइन्छ त्यसमा नि लोक दोहोरी गितसंगै सुदूरपश्चिमको लोक डेउडा गित बज्ने क्रम बढ्नु एकदमै राम्रो मानिन थालेको छ ।

नाच्ने गितसंगै सुन्ने गित पनि उति नै मेहनतका साथ बजारमा आउने क्रममा यो गीतको म्युजिक भिडियो पनि उति नै मेहनतले बनाएका छन्। यो डेउडा गीतमा गायक ताहा पत्रकार चक्र साउद आर.सी.र पछिल्लो समयकी चर्चित डेउडा गायिका शोभा थापाको आवाज रहेको डेउडा गित”फुल बुट्टा भरि जाउ”सार्वजनिक भएको छ ।



चर्चित सर्जक तथा संगीतकार राजेन्द्र शाह बि.पी.को लय शब्दमा विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा दर्जनौ भन्दा बढी नेपाली गीतसंगीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका भिम खडका र रोजी कुवरको अभिनय रहेको छ । मुजिक भिडियोलाई निर्देशक भिम थापाले निर्देशन गरेका छन । बासु बरालको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन भने प्रविन रश्मि मगरले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना ।