काठमाडौ-नेपाली गितसंगितको सागरमा दिन प्रतिदिन नेपाली सांगीतिक बजारमा एक पछि अर्को आउने क्रम निकै नै बढेका छ्न । नेपाली सांगीतिक जगतको आध हिस्सा ओगटेकि लोकप्रिय गायिका देबि घर्तीमगर र अर्जुन सापकोटाको सुमधुर आवाजमा लोक दोहोरी गित”बनकी चरी” सार्वजनिक भएको छ । कृष्ण बस्यालको उत्कृष्ट शब्द सृजना रहेको गितमा संगित स्वयम् गायक अर्जुन सापकोटाले दिएका छन । कृष्ण बिक भन्जाले संगित संयोजन गर्नुभएको छ । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको म्युजिक भिडियो निर्देशन पछिल्लो समयकि चर्चित निर्देशक स्मृति तिमिल्सिनाले गर्नु भएको छ । करण चौसियारले छायांकन गरेको म्युजिक भिडियोलाई बिकास ज्ञावालिले सम्पादन गरेका हुन ।
यस गितमा गायक तथा मोडल राजु ढकाल र करिश्मा ढकाल र गायक अर्जुन सापकोटाको अभिनय रहेको छ । राजु ढकाल पनि बिगत लामो समय देखि यसै क्षेत्रमा सक्रिय भएका ढकाल पनि सबैका सर्वपृय नै छन । साथमा करिश्मा ढकाल पनि उत्तिकै चर्चामा चुम्दै गरेकी एक अर्कि आश लाग्दी मोडल हुन । आशा छ यो गित पनि चर्चाको शिखरमा पुग्ने छ ।