नेपालि गीतसंगीतमा एक चर्चित अनुहार हुन् प्रकाश सपुत । प्रकाश सपुताका हरेक गित उतिकै चर्चाको शिखरमा चढेका छन् । सपुत गित गाउँ मात्रै हैन अभिनय पनि उतिकै दमदार गर्दै आएका छन् । तिहार तथा दिपावलीको शुभकामना सहित चर्चित गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा “टिका माला” सार्वजनिक भएको छ । रमेश बिजिको उत्कृष्ट शब्द सृजना रहेको गीतको संगीत बीबी अनुरागिले गर्नु भएको छ । दुग्रा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई चर्चित नेपालि संगीत क्षेत्रका एक होनार हस्ती शंकर बिसीले निर्देशन गर्नु भएको छ भने नबिन घर्ति मगरले भिडियो सम्पादन गरेका हुन् ।
प्रकाश सपुत र सरिता लामिछानेको दमदार अभिनय रहेको म्युजिक भिडियोलाई निरन्तर नेपालि गीतसंगीतको क्षेत्रमा बिगत लामो समय देखि कतिबद्द Bindabasini Musicको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यो म्युजिक भिडियोमा तिहार बिशेष भएता पनि समय सान्दर्भिक रहेको छ । प्रविधिसंगै कुलतमा फसेका आम युवायुवतीलाई मध्यानजर गर्दै सृजना गरिएको गीत सवैको मन मुटुमा उत्तिकै बिझाउने छ ।
हेर्नुहोस भिडियो :