आईएमई लोक स्टारका शनि वि.क. लाई दाङमा भव्य स्वागत (भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, असोज ३० २०७६
  • तामाकोशी

काठमान्डौ ।
आईएमई लोक स्टारका प्रमुख दावेदार शनि विश्वकर्मालाई दाङमा भव्य स्वागत गरेका छन् । लोक गितको इतिहासकै ठुलो रियालिटी शो आईएमई लोक स्टारमा आफ्नो कला र गलाबाट सबै नेपालीलाई मोहित बनाउन सफल शनि विश्वकर्मा फिनाली प्रबेश भए सगैं धेरै भन्दा धेरै भोटको अपिल गर्दै गृह जिल्ला जाने क्रममा उनलाई दाङबाट स्वागतको लर्काे लागेको हो ।
रोल्पाका शनि विश्वकर्मा कला-गलाले आफु अब्बल भएको भन्दै भोटमा पनि सबै नेपालीले अब्बल सावित गरी आईएमई लोक स्टारको टाइटल आफ्नो नाममा आउने उनले विश्वास व्यक्त गरे । फिनाली प्रबेश गरेका सबै प्रतिस्पर्धी भन्दा कान्छो १8 बर्षे प्रतिस्पर्धी शनि धेरै नेपालीले लोक स्टारमा आशा गरेका प्रतिस्पर्धी हुन् ।

शनि विश्वकर्मा जिताउ अभियानका अभियान्ताहरु प्रदेशै भरीका जिल्लाहरुमा पुगी अभियान चलाउने बताएका छन् । दाङको स्वागत पश्चात विभिन्न जिल्ला हुदै गृह जिल्ला रोल्पा पुग्ने अभियान्ताहरुले कार्यतालिका निर्माण गरेका छन् । बाँकी भिडियोबाट…..