काठमाडौं-नेपालीहरुको महान चाड दशैँ तथा दिपावलीको शुभकामना सहित सर्जन धामीको प्रस्तुति टिपिकल लोक दोहोरि गित“माया लाउनी हो”गित सार्वजनिक भएको छ । बहुप्रतिभाका धनि गायक तथा सर्जक सर्जन धामी नेपालि गीत गीतसंगीतका एक हस्ती हुन् । सर्जन धामीले गाएका हरेक गित उतिकै मार्मिक र उत्कृष्ट रहेका छन् ।
सर्जन धामी र हिरा अन्जली मगरको सुमधुर स्वर तथा ग्रुप स्वरमा बाबुराजा,करन साउद,रुपी श्याजाली मगर र प्रेम मगरको स्वर रहेको गीतको शब्द तथा लय स्वयम गायक धामीको रहेको छ । प्रकाश खडकाले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन बिस्वकर्माले सम्पादन गरेका छन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन् ।
यो म्युजिक भिडियोमा सृष्टि खडका,सरोज लामिछाने,सौगात मिश्र र जोसन नेपालको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :