उत्कृष्ठ दशैं गीत “दैलैमा आयो लास” सार्बजनिक (भिडियो सहित )

  • प्रकाशित मिति: शुक्रबार, असोज ३ २०७६
  • तामाकोशी

काठमान्डौ ।
नेपाली लोक साँगितीक क्षेत्रमा बिगत लामो समयदेखी सक्रिय प्रतीभासाली कलाकार अशिम कुमार कटुवालको स्वरमा सजिएको अर्काे उत्कृष्ठ दशै गित “दैलैमा आयो लास” सार्वजनिक भएको छ । कलाकार अशिम कुमार कटुवाल र नव गायिका बबिता बस्नेतको सँयुक्त प्रस्तुतीमा दशैको सुभकामना सहित “दैलैमा आयो लास” बोलको गित सार्वजनिक गरेको हो ।

दोलखाली कलाकार अशिम कुमार कटुवाल, बबिता बस्नेतको शुमधुर आवाज रहेको उक्त गितमा अशिम कुमार कटुवालको उत्कृष्ट लय, सब्द सिर्जनाले भरिएको छ भने नारायण मगरले म्युजिक भिडियोको निर्देशन गरेका छन् ।
रामेश्वर जिरेलको छायाङ्कन रहेको म्युजिक भिडियोमा निरोज खड्का, कल्पना तमाङ, हरि कार्की, एकेन्द्र कार्की र अजय खड्काको अभिनय रहेका छन् ।
उक्त गित अशिम कुमार कटुवालको आफ्नै युटुब च्यानल मार्फत नेपाली साँगितिक बजारमा सार्बजानीक भएको छ।



(भिडियो सहित )