श्रीमान् हुदाहुदै एक्लीएकी पुजा गुरुङको विरक्त जिवन काहानी-रुदै मिडियामा

  • प्रकाशित मिति: सोमबार, भाद्र ३० २०७६
  • तामाकोशी

काठमाडौँ – पछिल्लो समय हाम्रो नेपाली समाजमा बहु बिबाह गर्ने प्रचलन खुबै चलेको छ । कोहि जानी जानी रमाइलोमा फसेर बिहे गर्न बाध्य भएका छन भने कोहि अनेक बाहानामा बिहे गरेका छन ।

हाम्रो समाजमा कयौं यस्ता महिला छन जसले आफ्नो जिविको पार्जन गर्न अनेक पेशा अगालेको पाईन्छ । घरायसी किचलो भए पछि जिम्मेवारी झन काधमा आए पछि आफ्नो पेसा अगालेको बताउछिन । घरमा हुदा पनि खाना बाहिर खानु पर्छ । छोराछोरी बिहे गरिसकेकी यी महिलाले दासढुङामा तरकारी बेच्ने काम गरेर पेट घर परिवार पालेकी छन । आफ्नै श्रीमानले कान्छी लिएर गएका छन । तर उनी भने आत्तिएकी छैन ।



१३ वर्षको उमेरमा बिहे गरेकि यि महिलाको तीन छोरी र एक छोरा छन । दुई छोरिको बिहे गरिसकेकी यी महिलाले आफ्ना संघर्षका दिन सम्झिदै भक्कानिन्छन । छोराछोरीको माया पाएकै कारण यसरी संघर्ष गरेकी महिलालाई सबैको उदाहरण बनेकी छन । राजमार्गमा अनेक ब्यवसाय गरेर बसेकी यि महिला आफै पनि गाडी चलाउछिन । छोरा छोरिको राम्रो उज्जल भविष्याको लागि यसरी काम गरेको बताउछन ।

हेर्नुहोस उनैसंग गरिएको कुराकानी :