भिम बिसिको संगीतमा”एक कान दुई कान मैदान”गीतको छोटो समयमा नै एकाएक चर्चा(भिडियो)

  • प्रकाशित मिति: आइतबार, भाद्र २९ २०७६
  • तामाकोशी

काठमाडौँ । फिल्मी शैलीमा तयार भएको  गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ। भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । भिम बिसिका संगीतमा रहेका हरेक गित उतिकै चर्चाको शिखरमा चुलिएका छन् । ‘एक कान दुई कान मैदान”भिडियो गीतको छोटो समयमा नै चर्चाको शिखरमा चडेको छ ।  यतिबेला हप्ता दिन नपुग्दै  १,८९८,४३४ लाख भिउज कमाउन सफल भएको छ भने ट्रेइनि ३ मा परेको छ । हेर्नुहोस यो भिडियो :