काठमाडौं – वल्र्ड कभर मिडिया प्रा लिको प्रस्तुति नेपालिको महान चाड दशैँ तिहारको शुभकामना सहित नेपाली गीत संगीतका चर्चित गायिका पुष्पा बोहराको ‘मान्छे चिन्ने हो’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
निकै नै मार्मिक तथा सान्दार्भिक गीत ‘मान्छे चिन्ने हो’’ मा गायक तथा सर्जक सुरेश शाहीको शब्द संगीत/ एरेन्ज रहेको छ । सुरेश साही र पुष्पा बोहोराको सुमधुर स्वर रहेको गीतको निर्देशन वीरेन्द्र भाट ‘ विपिन’को रहेको छ भने निर्देशक बिक्रम चौहानको कोरियोग्राफी र राम सिंह भाटको सिनेम्याटोग्राफी रहेको छ भने भिडियोमा याङ्सु श्रेष्ठ र सुरज थापाको नृत्य अभिनय रहेको छ ।