काठमाण्डौं । गायिका तुलसी घर्तिमगरको मौलिक चुट्का”डाडा घरे सानु “सांगीतिक बजारमा आएको छ । युवा पुस्ताका चर्चित गायक मौसम गुरुङ र तुलसी घर्तिमगरको स्वरमा गीतमा ओम छिनालको शब्द तथा गायक मौसम गुरुङको लय सिर्जना रहेको छ ।
करण चौसियारको छायांकन रहेको सार्वजनिक यस गीतको भिडियोमा जुना गुरुङ र साथीहरुको अभिनय रहेको छ । यस गीतमा मौसम गुरुङको निर्देशन रहेको छ भने, बिष्कोणु शर्माको सम्पादन रहेको छ । यो गित गायिका तुलसी घर्तिमगरको अफिसियल युटुब च्यानलबाट सार्वजनिक बहेको छ ।