नेपाल लोक स्टार: रामकुमार नेपालीको पफर्मर अफ द डे मा ह्याट्रिक (भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २० २०७६
  • तामाकोशी

काठमान्डौ, भदौ २० गते ।

आइएमइ ‘‘नेपाल लोक स्टार’ रियालिटी सोको अन्तिम अन्तिम चरण आउनै लाग्दा अझ रोचक हुदै आइरहेका छन् । बिहिबारको श्रृखंलामा टप १० प्रतिस्पर्धीहरुको नेपाली फिल्मी प्रस्तुति साँचै रोचकमय थिए । सबै प्रतिस्पर्धीहरु आफ्नो पक्षमा निर्णायकको मन जित्ने अठोटका साथ लागि परेका थिए ।
टप १० भित्रका एक प्रतिस्पर्धी जो आफ्नो कला गलाले सबैको मन जित्न सफल रामकुमार नेपालीको प्रस्तुति सर्वश्रेष्ठ थियो । जब उनीले नेपाली कथानक चलचित्र छक्कापञ्जा ३ को पहिलो नम्बरमा गीत गाए दर्शक देखि निर्णायकहरुको मन आफ्नो पक्षमा पारे । उनले सबैको मन जितेर विहिबार पनि पफर्मर अफ द डे घोषित भएसंगै टप ९ को सुरक्षित स्थानमा छन् । यो संगै उनी तीन पटक पफर्मर अफ द डे घोषित भएका छन् ।
उनले लोक स्टारको इतिहासमा पफर्मर अफ द डे को ह्याट्रिक समेत पुरा गरे । रामेछापको मन्थली कुडाहरमा जन्मिएका रामकुमार नेपाली विगत लामो समय देखि नेपाली लोक संगितको क्षेत्रमा व्यस्त हुनुहुन्छ भने रामेछाप लोक तारा २०६६ का विजेता समेत हुनुहुन्छ ।



                                                                                        (भिडियो सहित)

https://www.youtube.com/watch?v=Uzag7zq4FlQ