तीजको अवसरमा थानापतिमा विसाल कार्यक्रम हुदै , कार्यक्रमको सम्पुर्ण तयारी पुरा

  • प्रकाशित मिति: आइतबार, भाद्र १५ २०७६
  • तामाकोशी

रामेछाप । भदौ १५ गते,
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसमार रामेछापको मन्थली नगरपालीका वडा नं ९ पुरानागाउँ बाहुनचुरामा रहेको जिल्लाकै प्रसिद्ध धार्मिक स्थल थानापति माहादेब मन्दिरमा सोमबार थानापति धार्मिक पर्यटन तथा साँस्कृतिक कार्यक्रम २०७६ हुदै छ । मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ वडा कार्यालयको समन्वयमा “हामी सबैको ध्यान, थानापति धार्मिक, साँस्कृतिक र पर्यटन प्रबद्घन”भन्ने मूल नाराका साथ बाङ्गेसला युवा समाजले कार्यक्रमको आयोजना गर्न लागेको हो । महत्वपुर्ण पर्यटकिय धार्मिक स्थल थानापति मन्दीरमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडाध्यक्ष बुद्धी बहादुर पुलामी मगर ( भरत ) ले जानकारी दिए ।
उनले मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम सोमबार बिहान १० बजेबाट सुरु हुने समेत बताए । रामेछाप , सिन्धुली , दोलखा , ओखलढंगा , काभ्रे , सिन्धुपाल्चोक , उदयपुर ,काठमाडौँ लगाएतका जिल्लाहरुबाट दर्शन गर्न आउँने वर्तालु भक्तजनहरुलाई दर्शनका लागि व्यवस्थित लाइन , सहरी स्वास्थ्य केन्द्र बाहुनचुरा मार्फत स्वास्थ्य सेवा र आवश्यक सुरक्षा व्यवस्था पनि मिलाइएको वडाध्यक्ष मगरले बताए । उनले जिल्लाको प्रसिद्ध र अति महत्व र ठुलो पर्यटकिय सम्भावना बोकेको थानापति मन्दीरमा हुने कार्यक्रम सहभागि हुन सवैलाई आग्रह समेत गरे । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्रप्त कलाकारहरु कुमार कार्की, सशिकला मोक्तान, शिबशागर मगर, कल्पना सुनुवार, पासाङ्ग मोक्तान लगाएतले बेजोड दिने बाङ्गेसला युवा समाजका अध्यक्ष कर्मान तामाङ्गले जानकारी दिए ।