रामेछाप, भदौ १५ गते ।
रामेछापको मन्थलीमा तिज विशेष बृहत साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुले मन्थलीबासीलाई छमछमी नचाएका छन् । शनिबार भएको बृहत तिज विशेष कार्यक्रम २०७६ मा राष्ट्रिय कलाकारहरुले गर्मीको कुनै प्रबाह नहुने गरी दर्शकलाई छमछमी नचाएका हुन् ।
भृङ्गेश्वर सेवा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । समाज रामेछापका अध्यक्ष शिव सागर मगरको अध्यक्षता तथा पुर्व सांसद एवं नेकपाका केन्द्रीय सदस्य देबशंकर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
रामेछाप सास्कृतिक कलाकार समाज, राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्य समिति रामेछाप सह-आयोजक रहेको कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु प्रकाश कटुवाल, रविता मगर , कुमार कार्की, गोमादेवी खत्री, गोविन्द गौतम, लक्ष्मी आले, विवश बस्नेत, तिर्थविरक्त पाख्रिन र शिवसागर मगर लगाएत कलाकारहरुले विभिन्न सांगितिक प्रस्तुति दिएका थिए ।
बाँकी भिडियो बाट…….