काठमान्डौ, भदौ ७ गते ।
नेपाली लोक गित संगितको सबैभन्दा ठुलो रियालिटी सो आइ एम इ नेपाल लोक स्टारको अन्तिम-अन्तिम चरणमा आइ पुगेका छन् । एपी वान टेलिभिजन र रमाइलो टिभि लगाएत यूटयव च्यानलहरुमा प्रशारण भई रहेको लोक प्रिय रियालिटी सोको अन्तिम चरण पुग्दै गर्दा विभिन्न रेकर्डहरु पनि कायम हुने क्रम जारी छन् ।
टप १२ देखि टप ११ मा पुग्नको लागि भएको निक्कै प्रतिस्पर्धात्मक चरणमा रामकुमार नेपालीले नेपाल लोक स्टारको इतिहासमा पहिलो रेकर्ड कायम गरे । नेपाली लोक स्टार रियालीटी सोको इतिहासमा तिनै जना जर्ज र अथिति जर्जले उठेर सलाम ठोक्नु पहिलो रेकर्ड हो । जव रामकुमार नेपालीको नाम कार्यक्रम सञ्चालिकाले उच्चारण गरिन् , त्यहाको माहोल परिवर्तन हुदै गयो, रामकुमार नेपालीले फरियालाई भुइमा लतारी……. हाए.. गित सुरु ग¥यो त्यसपछि झन-झन माहोल फेरिदै गयो जर्ज देखि दर्शकहरु उठेर सुरमा सुर मिलाउदै रामकुमार लाई साथ दिन थाले ।
प्रमुख जर्ज जयनन्द लामा रामकुमार नेपालीको प्रस्तुतिले विगतलाई सम्झेर भावुक हुनु भयो भने उहाँले उठेर रामकमार नेपालीलाई सलाम गर्नु भयो । अर्का जर्ज विवि अनुरागी जयनन्द दाईले सलाम गरेको स्थितिमा बसेर बोल्नुको अर्थ छैन भन्दै उठेर सलाम गर्नु भयो ।
यस्तै अथिति जर्ज विष्णु खत्रीले रामकुमार नेपालीको कला गला प्रति आफु निक्कै आकर्षित भएको भन्दै ठुलो प्रसंशा गर्नु भयो भने अर्का जर्ज राम्जी खाण्डले आफु बसेको कुर्सीमाथी चढेर प्रसंशानिय सलाम गर्नु भयो । यसरी एउटै प्रस्तुतिमा सबै जर्जको सलाम पाउनु रियालीटी सो सिजनमा कमै मात्रा हुने घटना हुन् ।
राम कुमार नेपालीको प्रस्तुति प्रति आफुसंगैको प्रतिस्पर्धी साथीहरु पनि प्रसंशक बनेका छन् । उक्त प्रस्तुतिको दौरानमा प्रतिस्पर्धीहरु विच तपाइहरुलाई यो मञ्चबाट को आउट नहोस जस्तो लाग्छ ? भनि कार्यक्रम सञ्चालिकाले सोधेको प्रश्नमा सबैको माग राम कुमार नेपालीको कला गला उच्च स्तरिय रहेको भन्दै अन्तिम सम्म राम कुमार नेपाली योे मञ्चमा हुनु पर्ने बताएका थिए ।
रामेछापको मन्थली कुडाहरमा जन्मिएका रामकुमार नेपाली विगत लामो समय देखि नेपाली लोक संगितको क्षेत्रमा व्यस्त हुनुहुन्छ भने रामेछाप लोक तारा २०६६ का विजेता समेत हुनुहुन्छ ।
(भिडियो सहित)


