काठमान्डौ । रामेछापका कलाकार रामकुमार नेपाली एपी वान टेलिभिजनबाट प्रशारित आइ. एम. इ. नेपाल लोक स्टारको टप १२ पुग्न सफल भएका छन् । बिहिबार भएको प्रतिस्पर्धी एपिसोटमा नेपाल लोक स्टारको रियालिटि सो टप १२ मा प्रवेश गर्दै उनी आइएमइ पफर्मर अर्फ द डे समेत बनेका हुन् ।
उनले आइ. एम. इ. बाट १० हजार नगद सहित एक कर्लस् मोबाइल समेत पाएका छन् ।
रामेछाप लोकतारा २०६६ हुदै राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल, मेगाबैंक राष्ट्रिय एकल लोक गायन प्रतियोगिता २०७५ का विजेता र इमेज लोक कलाकार २०७५ को टाइटल विजेता रामकुमार नेपाली विगत १० वर्षदेखि नेपाली लोक संगितमा क्रियाशिल छन् ।
रामेछापको मन्थली कुडाहारमा जन्मिएका रामकुमार नेपाली विद्यालय स्तरदेखिनै संगितको पारखी रहेको उनको बाल्यकालको साथीहरु बताउछन् । अहिलेको प्रतिस्पर्धीहरु मध्ये रामकुमार नेपालीले प्रिथक खालको प्रस्तुति दिइरहेका छन् भने टाइटलको मुख्य दाबेदारको रुपमा हेरेका छन् ।
नेपाल लोक स्टार रियालिटि सो को अबको बाँकी प्रतिस्पर्धी यात्रा SMS भोटिङले निर्धारण गर्ने नियम रहेको छ । यस अनुरुप सम्पुर्ण लोक दोहोरी प्रेमीहरुलाई कलाको सम्मान गर्दै उनले SMS भोटिङको अपिल समेत गरेका छन् । उनका अनुसार SMS गर्न सुरुमा मोबाइलको म्यासेज बक्समा गएर L टाइप गरी एक स्पेस दिएर २३ लेखेर ३७००० मा SMS गर्न समेत अनुरोध गरेका छन् ।
उनको प्रस्तुति (भिडियो सहित)
आइ.एम. इ. लोक स्टार अडिसन राउण्डमा
https://www.youtube.com/watch?v=p7Qt3c0GwyM
इमेज लोक कलाकार २०७५ मा
