संगीत संयोजक दिपक संगम बिसिको डेउडा गित”हाई तेरी बोलाईछ”सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: शनिबार, साउन ३२ २०७६
  • तामाकोशी

काठमाडौं-नेपाली गीतसंगीतको दुनियामा फेरी अर्को गीत बजारमा आएको छ । दिपक संगमको प्रस्तुति डेउडा गित “हाई तेरी बलाईछ”सार्वजनिक भएको छ । दिपक संगम बिसि र चर्चित गायिका रेखा जोशीको आवाज रहेको छ । पछिल्लो समय नेपालि डेउडा जगतमा चम्किएको नाम हो रेखा जोशी । दर्जनौ गीतमा आवाज दिइसकेकी गायिका रेखा पछिल्लो समय निकै नै चर्चामा आएकी छन् । बिगत लामो समय देखि गीत संगीतमा लागेकी गायिका रेखाले फेरी यस पटक नेपालि डेउडा गीतमा एक छुट्टै तवरले लागेका सर्जक,गायक तथा संगीत संयोजक दिपक संगम बिसीसंग स्वर मिसाएकी छन् ।
गायक स्वयमकै शब्द तथा लय भित्र रहेको गीतमा भिम थापाले निर्देशन गरेको यो भिडियोलाई डीबी रौलेले छायाकन गरेका छन् भने दिपक संगम बिसी र कल्पना बिसीको दमदार अभिनय गरेका छन् ।
हेर्नुहोस भिडियो :