काठमाडौं । चर्चित कलाकार युनिक भोजराज वि.क.को विलकुलै नयाँ तिज गित ‘हंगामा मच्चायो’ सांगितिक बजारमा आएको छ । बिदुर आपगाइको सगीत एबं नरेन्द्र टमाटामो उत्कृष्ठ शब्दमा उक्त तिज गित संगितको बजारमा आएको हो ।
माने भञ्ज्याङ म्युजिक प्रालिको प्रस्तुतिमा रहेको उक्त तिज गितमा कलाकार युनिक भोजराज वि.क. र सुजाता बि.क.को सुमधुर आबाज सुन्न सकिन्छ भने गीतको म्युजिक भिडियोलाई समिर थोकरले निर्देशन गरेको हो।
रेसम दर्लामीको छायाङकनमा रहेको भिडियोको सम्पादक मिन रावलले गरेका छन् भने म्युजीक भिडियोमा समिर थोकर र आयुश्मा कार्कीलाई देख्न सकिन्छ ।
विगत लामो समयदेखि नेपाली लोक संगितमा व्यस्त कलाकार युनिक भोजराज वि.क.को विभिन्न गित संगितहरु बजारमा छन् भने युनिक भोजराज वि.क. दर्शक स्रोताहरुको राम्रो डिमाण्ड भएको कलाकारको रुपमा परिचित हुनुहुन्छ । ‘हंगामा मच्चायो’ तिज गितको भिडियोलाई माने भञ्ज्याङ म्युजिक युटुब च्यानेलबाट बजारमा ल्याएको छ ।
(भिडियो सहित)
https://www.youtube.com/watch?v=RDdet0jrXbE