काठमान्डौं । चर्चित गायक प्रकाश कटुवाल र चर्चित गायिका जमुना सनमको आवाजमा यस बर्षकै रमाईलो तीज गीत ”आधा किलो सुन” सांगीतिक बजारमा आएको छ ।
रातो सरी सप्को काधमा ,यो तीजमा नाच्दिनी हो ,सबका चेली ,रातो रिबन सिरैमा जस्ता धेरै तिजहरु बजारमा ल्याएर दर्सक स्रोतालाई नचाउन सफल यो जोडीले यति बेला निकै राम्रो प्रतिक्रिया पाएका छन् ।
चर्चित गायक प्रकाश कटुवाल र जमुना सनमको सुमधुर आवाज रहेको तीज गीतमा लय शब्द भने राजु सुनामको रहेको छ ।मार्मिक डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतका एरेन्जर पनि राजु सुनाम नै रहेका छन् । गोबिन्द पराजुलीले रेकर्ड गरेको उक्त गीतको मान बहादुर बरालले ध्वनि सम्पादन गरेका छन् ।
आधा किलो सुन गीतको म्युजिक भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ । दिपेन्द्र तिमिल्सिना को निर्देशन रहेको म्युजिक भिडियोमा जुना सुन्दास ,रमेश थापा र नबराज रिजालको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
(म्युजिक भिडियो)