कलाकार गोविन्द गौतमको नयाँ तीज गीत ‘तिमी मेरी बुडी म चै तिम्रो पोइ’ सांगितिक बजारमा सार्वजनिक भएको छ । गोबिन्द गौतमको उत्कृष्ठ शब्द र संगितमा तयार भएको उक्त गितमा स्वयम् गोविन्द गौतम र गोमादेवी (रितु) केसीको सुमधुर आवाज सुन्न सकिन्छ ।
लामो समयदेखि नेपाली लोक संगितको क्षेत्रमा क्रियाशिल कलाकार गोविन्द गौतमको विभिन्न गितहरु बजारमा छन् ।
हालै सार्वजनिक नयाँ तिज गीतको भिडियोमा राम चन्द्र बोहोरा र सिर्जु अधिकारिले अभिनय गरेका छन् भने सुमन राइको निर्देशनमा अनिल कुमार महर्जनले सम्पादन गरेका छन् ।
‘निक्कै आशा गरिएको छु यो गित मार्फद, त्यसैले आफ्नै यूट्यूव च्यानलबाट बजारमा ल्याएको हुँ’ उनले तामाकोसी अनलाइन संग भने ।
(भिडियो)