काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गोर्खाली युवा सर्जक ओम छिनालले आफ्नै प्रस्तुतिमा एक गीत भर्खरै बजारमा लिएर आएका छन् । ओम छिनालका हरेक सृजना उतिकै मन मुटुमा बस्न सफल र उत्कृष्ट छन् । ओम छिनालका बिगतका सृजना पनि उतिकै चर्चामा रहेका छन् ।
उक्त गीत शितल शिजन डिजिटल म्युजिक प्रालिको प्रस्तुति ओम छिनालको“मर्ने दिन”गित बजारमा आएको छोटो समयमा नै चर्चाको सिखरको चढेको छ । यस गीतमा गीतमा गायक नबराज गौतम र तुलाषा ओलीको सुमधुर स्वरमा रहेको छ भने ओम छिनालको ले तथा गायक नबराज गौतमको उत्कृष्ट शब्द रहेको छ ।
सितल सिजन डिजिटल म्युजिक प्रालिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई प्रियसी म्युजिक प्रा.लिकी प्रबन्ध निर्देशक बबिता श्रेष्ठको निर्देशनमा रहेको म्युजिक भिडियोलाई उमेश हुमागाईले छायाकन गरेका छन् भने राजेश कुमारले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोमा सर्जक स्वयम् ओम छिनाल र संचिता शाहीको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :