मिस्टर एण्ड मिस आइकन वल्ड नेपाल २०१९ मा रामेछाप जिल्लालाई ४ उपाधी

  • प्रकाशित मिति: सोमबार, असार ९ २०७६
  • तामाकोशी

रामेछाप । असार ९ गते,
मिस्टर एण्ड मिस आइकन वल्ड नेपाल २०१९ मा रामेछाप जिल्लाले ४ वटा उपाधी जित्न सफल भएको छ । किङ्स्टार क्रियशन प्रालिले पहिलो पटक आयोजना गरेको मिस आइकन वल्ड नेपाल २०१९ मा रामेछापकी निकिता चौहानले टाइटल क्रीष्टल एन्जल इन्टरनेशनल नेपाल २०१९ को टाइटल हात पारेकी छिन् । निकितासंगै रामेछापका मिस्टर आइकन वर्ड नेपाल २०१९ अन्जन खड्काले, मिस्टर ग्रान्ड इन्टरनेसन नेपाल २०१९ सुदिप खड्काले ,मिस्टर टिन इन्टरनेसनल नेपाल २०१९ निराजन केसिले उपाधी हात पारेका छन् । कायक्रम ललितपुरको बालकुमारी म्युजिक सिटि हलमा आयोजना गरिएको थियो । उपाधी बिजेता निकिता चौहानले यसअघि मिस्टर एण्ड मिस मोडल पनि रामेछापमा समेत पुस्कार जितेकी थिइन् । उपाधी हात पर्दा आफु निकै खुशी लागेको निकिताले बताइन् । उनको अब कार्यक्रमकै लागी म्यानमार जाने तयारी भैरहेको समेत बताइन् ।