चर्चा कलाकार विवश बस्नेतको गित “पिरतीमा कर” को (भिडियो सहित)

  • प्रकाशित मिति: बुधबार, असार ४ २०७६
  • तामाकोशी

रामेछाप । नेपाली लोक गित संगितले विभिन्न पक्षबाट सफलता पाउने क्रम बढ्दो छ । कहि शव्द संगितको कुशल पक्ष कहि गायक गायिकाको स्वारको मिठासपना त कहि कथाबस्तुको भाव । यसैक्रममा पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलाकार विवश बस्नेतको गित “पिरतीमा कर” खुबै चर्चाको शिखरमा पाउन सकिन्छ ।



सुर तालमा मात्र होइन उल्लेखित सबै पक्षमा अब्बल देखिन्छ । “पिरतीमा कर” एल्वम सार्वजनिक हुनु अगाडीदेखि नै चर्चामा रहेको पछि बजारमा आए पछि गितले छुट्टै माहोल निर्माण गरेको पाठक, दर्शक, स्रोताहरुको भनाई पाइन्छ । धेरै समय देखि नेपाली लोक संगितको क्षेत्रमा क्रियाशित कलाकार विवश बस्नेतको आवाजमा विभिन्न गितहरु बजारमा छन् ।

“पिरतीमा कर” गीतमा प्रतिभाशाली कलाकार कुमार कार्कीको उत्कृष्ठ लय तथा शब्द सिर्जना रहेको छ भने विवश बस्नेत र मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको रोमान्चक धार जस्तै म्युजिक भिडियो पनि उत्तिकै आकर्षक रहेकाले अहिले डिजिटल बजारमा निक्कै चर्चाको विषय बनेको छ।

गितको म्यूजिक भिडियोमा युबिन ढुंगाना र नायिका अप्सना थापाको अभिनय देख्न सकिन्छ भने शिबम पोख्रेल द्वारा निर्देशिनमा अजय रेग्मीको छायांकन र एम सेरचनको सम्पादन रहेको छ।

(भिडियो सहित)

https://www.youtube.com/watch?v=hVTNYqYr6UU