डेउडा गायिका शोभा थापा र दिपेन्द्र सिङ ठकुरीको स्वरमा “रैना मेरा कोल”सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३२ २०७६
  • तामाकोशी

काठमाडौ -संगित बिना मान्छेको जीवन अपुर्ण हुन्छ भन्ने कुरा जिवितै छ । कला हरेक मान्छेसंग हुन्छ फरक यति हो कसैले प्रस्फुटन गर्न सक्छ त कसैले सक्दैन । कलाकारले अनेक सृजनाको जन्म दिएको हुन्छ । कोहि कालजयी हुन्छन त कोहि हराए जान्छन् । पछिल्लो समय त्यस्तै कालजयी गित बन्दै आएका छन् ।

विशेष फिल्मसको प्रस्तुति रहेको गित “रैन मेरा कोल ”डेउडा गित दिपेन्द्र सिङ ठकुरी र चर्चित डेउडा गायिका शोभा थापाको स्वरमा विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । जसमा दिपेन्द्र सिङ ठकुरीको उत्कृष्ट शब्द तथा चर्चित संगित संयोजक विजय थापाको लय तथा संगित संयोजन रहेको छ । चर्चित निर्देशक भिम थापाले निर्देशन गरेको म्युजिक भिडियोलाई चक्र बराल बासुले छायांकन गरेका हुन भने प्रबिन रश्मिमगरले भिडियो सम्पादन गरेका हुन । म्युजिक भिडियोमा दिपेन्द्र सिङ ठकुरी,झरना बोहोरा र हरिसको दमदार अभिनय देख्न सकिन्छ । यसका गितका सम्पुर्ण टिमलाई शुभकामना !!