लामो समय हराएकी गायिका सिन्धु मल्ल नेपाल आईडल २ का अमित बरालसंग सांगीतिक क्षेत्रमा,वर्षा र पल साहाको दमदार अभिनय (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २८ २०७६
  • तामाकोशी

काठमाडौं(नेपाली गीत संगीतमा नयाँ नया गीतहरु सार्बजनिक हुने क्रम निरन्तर जारी छ । यसै अबसरमा निकै मौलिक गीत टिपिकल भाका”पिरथिको जाल”(चैर मुसी चैर) भर्खर मात्र सार्बजनिक भएको छ । नेपालि लोकदोहोरी क्षेत्रकि चर्चित रानी सिन्धु मल्ल र नेपाल आइडलका अमित बरालको सुमधुर आवाज रहेको छ । मल्लका हरेक सृजना उतिकै दमदार रहने गरेका छन् । दमदार आवाज भएकी गायिका मल्ल सफल कलाकार हुन् तर केहि समय देखि हराएकी गायिका माला फेरी सांगीतिक भेटसंगै बजारमा गित ल्याएर आएकी छन् । गायिकालाई गित बजारमा ल्याउनु कुनै नयाँ नौलो कुरा भने हैन तर आम दर्शक स्रोताको लागि भने नयाँ हो । गीतमा सुदूरपश्चिमका ठेट शब्दलाई गीतमा मिसाईएका छन् । सो गीतमा सुदाम थापा र नरेन्द्र राज रेग्मीको लय तथा निकै राम्रो शब्द लेखेका छन ।

माया प्रेमलाइ बिषय बनाइ तयार पारीएको सो गीतमाशिब बिकले निर्देशन निकै उत्कृष्ट गरेका छन । पछिल्लो समय शिब बिकका एक पछि अर्को दमदार निर्देश आइरहेका छ सोहि क्रममा यो पनि अर्को एउटा गीत हो । रामेश्वर कार्कीको छायांकन रहेको गीतलाई सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका छन् ।



यो गीतको संगीत सयोजन केशब बडूले गरेका छन् । बडू पछिल्लो समय नेपालि गीतसंगीतमा चिनिएको नाम हो । बडु बिगत देखि यहि क्षेत्रमा लागिपरेका छन् । बडुको संगीत संयोजनमा रहेका हरेक गीतसंगीत उतिकै चर्चाको शिखरमा छन् तर गरेका सवैका सफल हुन्छन भन्ने हुदैन । बडुलाई यो कुरामा सफल संगीत संयोजक भन्दा फरक पर्दैन । पछिल्लो समयका प्रया गीतमा बडुको संगीत संयोजनका भेटिएका छन् । बडू हरेक गीतको संगीत सयोजनामा केहि नया फरक धार र नयापन दिनसक्ने व्यक्ति हुन् । बडुले संगीत संयोजन गरेको यो म्युजिक भिडियोमा चलचित्रका हिट अनि चर्चित अनुहार पल शाह र वर्षा सिवाकोटीको दमदार अभिनय रहेको छ भने कुमार राना मगरले मिक्सीङ गरेका छन् । यो गीतका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो स्