काठमाडौं-हरेक मौलिक गीतको जगेर्ना गर्ने गायकको रुपमा पारीचित मौलिक गायक तथा सारंगि बादक हेमन्त कान्छा रसाइली र मोडल तथा सर्जक डि।आर सुजनको अडियो तथा भिडियो सहयोगमा एच आइ भि पीडित बाबुराम खत्रीको सहयोगार्थको लागि पुर्खौली तथा बाबुराम खत्रिको वास्तविक जिबनमा आधारित गीत ूलौरी तितेको सार्वजनिक भएको छ ।
हेमन्त कान्छा रसाइलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतमा हेमन्त कान्छा रसाइली , बाबुराम खत्री र अमृता नेपालीको स्वर रहेको छ भने भिडियोमा डिआर सुजन, हेमन्त कान्छा रसाइली, बाबुराम खत्री, अमृता नेपाली र देबेन्द्र काउछा मौलिक सैलिमा देखिएका छन ।
गहभरी आशु पार्दै बाबुराम खत्री भन्नुहुन्छ : मेरा भगवान हुन् डिआर सुजन, हेमन्त कान्छा रसाइली । जसका कारण मैले गित गाउने अवसर पाए । म त्यो ऋन तिर्न त् नसकुला र पनि म कदापि विर्सिने छैन ।
हुम गैरेको निर्देशन तथा सम्पादनमा रहेको यो गीतलाई बिक्रम काउछाले छायान्कन गरेका छन । बाबुराम खत्रिको लागि यो गीतलाई जती सक्दो धेरै सियर गर्दिनु होला । गीतको भिडियो :