काठमाडौं- नेपालि गीतसंगीतको दुनियाँ पछिल्लो समयमा एक पछी अर्को गित बजारमा आएका छन् । आजभोली गीतमा केहि फरक खालका गित बजारमा आएका छन् । आत्मा विश्वास फिल्मसको प्रस्तुति रमेश शेसी र अनुपा थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मुटु साटेर’ बोलको गीतमा निरज शाक्यको संगीत,दुर्गा विरही र गोबिन्द कला मगरको शब्द रचना रहेको छ ।
दुर्गा बिरहीले निर्देशन गरेको भिडियोलाइ दिनेश मुश्कानले छायांकन र सम्पादन गरेका हुन् । यो म्युजिक भिडियोमा संगम शर्मा,संगम शेसी,सन्तोष कुमार कडरालाइ अभिनय रहेको छ । “भगेरी चरी गीतबाट”एकाएक चर्चामा चुलिएकी संगम शर्मा यतिबेला अभिनय तिर उतिकै लागेकी छन् । संगम शर्मा छोटो समयमा नै आम दर्शकको मन मुटुमा बस्न सफल बहेकी छन् । संगम मोडलिङ मात्रै नभएर पत्रकारितामा पनि उतिकै दखल छन् । यास थ्री अनलाईन खबरकि रिपोटरको रुपमा पनि चिनिन थालिएकी छन् । यस गीतका सम्पूर्ण टिमलाई शुभकामना ।