नपाली गीतसंगीतको क्षेत्रमा चुलिएको नाम सुनिल कटुवाल हो । कटुवाल एकाएक चर्चामा आइसके पछी उहासंग गरिएका कुराकानी :
आजभोलि कता बेस्त हुनुहुन्छ ?
अलि समय अगाडी कपुरी क २ ताराबाजी गित सार्वजनिक गरेको त्यही त्यसैको समिक्षा गर्दै छु l
अस्ट्रेलिया बसेर भए पनि नेपाली गित संगितलाई माया गरिराख्नु भएको छ । यसको तात्पर्य के हो ?
मलाई आज जुन ठाउँमा आइपुगेको छु त्यो आम दर्शक र स्रोताको मायाले आइपुगेछु मैले पाएको मायालाई सम्मान भन्नु पर्यो l
यहि क्षेत्रमा भबिश्या देख्नु भएको छ ?
भाबिश्या छ म भन्दिन तर दर्शक स्रोताको मन जित्न सकियो दर्शक स्रोताले माया दीयो भने अवश्य छ ।
“तारा बाजि लै लै”गित बजारमा ल्याउनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ।
सकेसम्म राम्रो कुराको अपेक्षा सवैले गर्छन पहिलेको भन्दा धेरै राम्रो छ भन्ने प्रतिक्रिया पाएको छु ।
“तारा बाजि लै लै”रातारात हिट भयो कल्पना गर्नु भएको थियोे यति हिट हुन्छ भनेर ?
गीत भिडियोमा मेहनत गरेको थियौ तर यती धेरै माया पाउला भन्ने कल्पना गरेको थिएनौ l
आजभोलि गित संगितमा केही बिकृती आएका छन तपाईंको बिचार के लाग्छ ?
केहि कुराको सृजना गर्दा अल्पकालीन हैन कि द्रिघकाली छाप बस्नु पर्छ । राम्रो संगीत र राम्रो भिडियो सबैलाई सम्बोधन हुने र आउने पिडिलाई हौसला मिल्ने काम गर्नु पर्छ भन्ने लाग्छ l
कहिलेकाही हिन्ताबोध हुँदैन ?
सवैमा यो शब्द लागु हुन्छ जस्तो मलाई लाग्दैन ,आफुले गरेको काम र अरुले गर्न लगाएको काममा फरक पर्छ । स्वाभाविक हो तर आफ्नो साही मार्गमा मेहनत गरेर डटेर लाग्नु पर्छ राम्रो हुन्छ भन्ने बिस्वाश छ हिन्ताबोध महसुस गरेको छैन ।
कस्को प्रेणाले आउनु भयो गितसंगितमा ?
साथिहरु र घर परिवारको प्ररेणाले बिशेष मेरो कान्छा अंकल सिताराम कटुवाल र फुपु कल्पना कटुवाल ललित श्रेष्ठ लगायतले मलाई सपोर्ट गर्नुभएको छ l
कति भयो गितसंगितको क्षेत्रमा लाग्नु भको ?
संगीत सुरुवात गरेको ५ बर्ष भयो तर गीत नै गाउछु भनेर निर्णय लिएको २ बर्ष भयो l
अबको तयारी के छ ?
यो नै गर्ने भन्ने निर्णय लिएको छैन तर दर्शक स्रोताको माया अथाह छ सम्भवतः अर्को गीतको तयारीमा जुट्छु होला ।
कति वटा एल्बम बजारमा ल्याउन सफल हुनु भयो ?
एल्बम न्यू ट्यैलेन्ट दुइ र मेरो यात्रा बजारमा आइसकेको छ तर अहिले समय एल्बमको भन्दा एउटा गीत बनाउने अनि भिडियो बनाउदा राम्रो हुने भयकोले त्यस पछि एल्बम नै नाम दिएको छैन ।
सवै भन्दा दर्शक स्रोताले मन पराउनु भएको गित र तपाईलाई सवै भन्दा मन परेको गित कुन हो ?
सबै भन्दा मन पराइदिनु भको “कपुरी क” हो तर अहिले “ताराबाजी”लाई पनि उतिकै माया गर्दिनु भएको छ । समग्रमा आफ्ना सन्तान सवै प्यारो लाग्छन उतिकै माया लाग्छन त्यस पनि”कपुरी क “अलि बढी मन पर्छ सायद म यसै गीतबाट चिनिएको भएर पनि हुनसक्छ ।
गायनकै शिलशिलामा अहिले सम्म कति वटा देशको भ्रमण गर्नु भयो ?-
अहिले सम्मन मलेसिया सिङगापुर श्रीलङ्का र अष्ट्रेलिया ४ ओटा देशमा अबसर पाएको छु ।
तपाईंलाई सबै भन्दा मन पर्ने कलाकार ?
निस्चल बस्नेत
कलाकार राष्ट्रको गहना हुन् अमुल्य सार्वजनिक सम्पत्ति हुन् । तर, राज्यले ब्यावहारमा कुनै सेवा सुविधा नदिएको सुनिन्छ कहाँ सम्म सत्य हो या गलत ?
सत्य हो कलाकारलाई राज्यले अझै ब्यबस्थित गर्न सकेको छैन मलाई लाग्छ छुट्टै नीति नियममा राख्नु पर्छ सरकारले ।
गीत, संङ्गित तिर आउनु नभएको भए के बन्नुहुन्थ्यो ?
कि विदेशको यात्रा कि घर मै बसेर खेति किसानी गर्थे होला ।
अस्ट्रेलिया विदेश हैन ?
हहहहः हैन म भन्दिन गित संगीत मेरो अर्को पाटो बिशेष त् अध्यायनको शिलशिला अस्ट्रेलिया पुगेको हु ।
कलाकारको कुनै धर्म र जात हुँदैनन् यस बारे तपाईंको धारणा ?
सत्य हो कलाकारको कुनै धर्म र जात हुन्न स्वतन्त्र छ तर राज्यले ब्यबस्थ गर्न नसके पछी हामी कलाकार धर्म र राजनीतिमा हुमिन बाध्य छौ ।
तपाईंको जीवनमा विभिन्न उतार चढावका क्रममा भुल्ने नसकिने त्यस्तो कुनै अविस्मरणीय घटनाको क्षण छन् ?
गायक बन्ने सपनाले कयौ दिन भोकै हिडेको छु कहिले भुल्दिन |
भिडियोमा कार्टुन क्रुज ल्याउनु भएको छ ल्याउनुको खास कारण के हो ?
द नेक्स्ट सँग काम गर्नुको कारण गीत उहाहरुलाई म्याच गर्ने र अर्को कुरा उहाहरुसँग काम गर्ने मन थियो गीत पनि मन पराइदिनु भयो ।
प्रेम गर्नु भएको छ ?
प्रेम सबै लाई गर्छु l
जिवनमा सबैभन्दा खुसी हुनु भएको पल ?
जिबन मा सबै भन्दा खुशी भयको पल मेरो जिवन साथिले “फ्रेन्ड सिप डे”को दिन उसको साथिलाई भेट्नु मात्र भनेको थियो उहा जनकपुर होस्टेलमा बसेर पड्नु हुन्थ्यो र उहको साथी काठमान्डौ आउनु भको थियो त्यो बेला यती ठुलो पानी परेको थियो । जानु पर्ने पशुपती मन्दिरमा थियो म गए उहाको साथिलाई भेट्न पानीले पुरै रुझेको थिए त्यहाँ पुग्दा उहा हुनुहुदो रहेछ त्यो पल कहिले बिर्सिन्न ।
जिवनमा सबैभन्दा दुखी हुनु भएको पल ?
ममी बिरामी हुदा सवै भन्दा दुखि हुन्छु ।
विहे गर्नुभयो ?
बिहे गरिसके।
जिवनमा कुनै बेला आमावुवा र श्रीमती मध्ये एक रोज्नु परेमा कसलाई रोज्नु हुन्छ ?
उफ !! जीवनमा महिला मान्छेको उतिकै खाचो हुन्छ चाहे सईनोले जे सुकै होस् । सवैको आ-आफ्नै भूमिका हुन्छ । सवैको “आमा”शब्द पहिलो हो । म “आमा”लाई रोज्छु तर मेरो जीवनमा यात अरुको जीवनमा जिबन अगाडी बढाउँन नारीको उतिकै हात हुन्छ । सम्मान म सवैलाई गर्छु ।
गित पहिलो पटक टेर्निङमा आयो कस्तो अनुभव पाउनु भयो ?
ट्रेडिङमा आउँदा निकै खुशी थिए त्यो मेरो लागि नसोचेको सफलता थियो र अझै राम्रो काम गर्ने हौसला बढेको छ ।
तपाईंको मागी विवाह कि प्रेम विवाह ?
प्रेम विवाह !
रुचिको विषयमा श्रीमती र श्रीमान बिच समानता र असमानता के-के छ्न ?
मान्छे बीच असमानता र समानता त् हुन्छ नै म भन्दा अलि फरासिली र चलाख हुनुहुन्छ हरेक कुरामा मभन्दा रुची धेरै राख्नु हुन्छ ।
आफुमा सुधार गर्नुपर्ने कुरा के देख्नु हुन्छ ?
अरुलाई चाडो बिश्वास गर्छु अनि अलि धेरै बोल्ने बानी छ यो चै सुधार गर्नु पर्ने छ । यो बानीले आफैलाई डुबाउने रहेछ ।
तपाईंले पप गित मात्रै गाउनु भएको अरु प्याट्रन गित गाउनु भएको छैन अवसर नपाएर कि गाउदै नगाउनु भएको ?
आधुनिक लोकपप गाको छु अवसर आयो भने अरु गित पनि गाउछु ।
के कुरामा रिस उठ्छ ?
बाटोमा धेरै कुर्नु पर्दा ।
श्रीमतीको सकारात्मक पक्ष र नकारात्मक पक्ष ?
उहा धेरै मेहनती हुनुहुन्छ,बुझ्नेहुन्छ सकारात्मक पक्ष हो भने खाना समयमा खाईदिनु हुन्न नकारात्मक पक्ष हो ।
अब भविष्यको लक्ष्य ?
यहि भन्ने छैन सकेसम्म म भबिष्यमा नया नया गीतसंगीत गर्छु नेपाल फर्केर आफुले सिकेको शिप आफ्नो देशमा प्रयोग गर्दै युवालाई साथ लिएर केहि गर्ने सोच छ ।
अन्तमा के भन्नु हुन्छ ?
अन्त्यमा मलाई यसै गरी माया गर्दिनु होला म सधै हजुरहरुको मन मस्तिकमा बस्ने काम गर्नेछु । फेरी पनि ताराबाजी टिमलाई धेरै धेरै धन्यवाद अनि हजुरलाई पनि मलाई केहि भन्ने मौका दिनु भकोमा धेरै धेरै धन्यवाद ।
अरुलाई चाडो बिश्वास गर्नु नराम्रो हो – सुनिल कटुवाल
- प्रकाशित मिति: बुधबार, जेष्ठ २२ २०७६
- तामाकोशी