रामेछाप । जेठ ११ गते ,
रामेछापको सदरमुकाम मन्थलीमा श्रष्टा सर्जक सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । “भाषा, लिपि कला सस्कृति तथा साहित्य रहे मात्र जातियताको अस्तित्व रहन्छ, जातियता रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ” भन्ने मुल नाराको साथ भएको कार्यक्रमको नेपाल मगर साँस्कृतिक संघ रामेछापले आयोजना गरेको हो ।
कार्यक्रम नेपाल मगर साँस्कृतिक संघ रामेछापका अध्यक्ष नविन थापा मगरको अध्यक्षता र प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
लाइभ बाजा, पञ्चेबाजा तथा मगर जातिको विविध साँस्कृतिक झाँकी सहित राष्ट्रिय स्तारमा ख्याती प्राप्त कलाकारहरुको विधिव साँगित प्रस्तुतीका दिएको कार्यक्रममा विभिन्न विधाहरुमा क्रियाशिल रामेछापका चर्चित व्यक्तित्वहरु लाई प्रमुख अतिथि एवं प्रदेश नं ३ का सांसद पौडेलले प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।
यसरी सम्मानित हुुनेहरुमा गायिका सिता थापा, कोलगेट इमेज लोक कलाकार विजेता रामकुमार नेपाली, गायक सिजम सिंजाली, निर्देशक एकान्त मगर, डान्सर रविता मगर, आरोही नर्विन मगर, साहित्यकार नविन गाउँले, हरीबहादुर आलेमगर, गणेश बहादुर थापामगर, सस्कृति तर्फ डान्सिङटार मगर नाच उत्थान समुह रहेको नेपाल मगर साँस्कृतिक संघ रामेछापका अध्यक्ष नविन थापा मगरले जानकारी दिए ।
रामेछापको मन्थलीमा श्रष्टा सर्जक सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम
- प्रकाशित मिति: शनिबार, जेष्ठ ११ २०७६
- तामाकोशी