काठमाडौं-पछिल्लो समय एक पछि अर्को उत्कृष्ट प्रस्तुति दिंदै आएका गायक/सर्जक प्रदेशी गायक सुर्य खड्काले अर्को मार्मीक कोशेली “पिरथिको खेति”सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुबमा भाईरल बनेको छ । चर्चित गायिका मेलिना राई र सुर्य खडकाको सुमधुर स्वर रहेको उक्त गीतमा शब्द सिर्जना तथा संगीत गायक स्वयम सुर्य खडकाको रहेको छ ।
पिरिज्मा स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको म्युजिक भिडियोलाई समिर थोकरले निर्देशन गरेका छन् । अजय रेग्मीले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई करान्ति केसीले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोमा अन्जली अधिकारि,प्रेम भारती र समिर जंग खडकाको दमदार अभिनय रहेको छ ।