पहिलोपटक अछाम जिल्लाको प्रसिद्द रमणीय ठाउँ रामारोसनमा बन्यो यस्तो म्युजिक भिडियो

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ४ २०७६
  • तामाकोशी

काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । अहिले बिबाह पार्टी भोज भतेरमा हिन्दी गित बज्न लगभग छोडिसकेका छन् प्राय नेपाली गित मात्रै बजेको सुन्न पाइन्छ त्यसमा नि लोक दोहोरी गितसंगै सुदूरपश्चिमको लोक डेउडा गित बज्ने क्रम बढ्नु एकदमै राम्रो मानिन थालेको छ ।

नाच्ने गितसंगै सुन्ने गित पनि उति नै मेहनतका साथ बजारमा आउने क्रममा यो गीतको म्युजिक भिडियो पनि उति नै मेहनतले बनाएका छन्। यो डेउडा गीतमा गायक तथा हास्यकलाकार जनक साउद र गायिका जानकीको आवाज रहेको डेउडा गित”लालेकी छोरी”सार्वजनिक भएको छ । गित सार्वजनिक भएको ६ घण्टा नपुग्दै युटुबमा एकाएक भाईरल भएको छ । यो विषयमा यस गीतका गायक जनक साउद भन्नुहुन्छ -“मलाई युटुबको भियरसको पछी म लाग्दैन गरेको कामलाई राम्रो बनाउन कोसिस गर्ने हो यो गीतमा पनि कोसिस गरेको छु । केहि मौलिक सृजना बजारमा ल्याउ र आम दर्शक स्रोतालाई नया स्वाद चखाउ भन्ने मेरो इच्छा हो लागि रहेको कोसिस गर्ने छु । आम दर्शक स्रोता मेरा भगवान हुन् ।”



सर्जक नेत्रराज शाहीको शब्द तथा हास्यकलाकार तथा गायक स्वयम जनक साउदको लयमा विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यतिबेला गायक जनक साउद भने यो गीतबाट दर्शक स्रोताको माझ झन् परिचित हुन् कोसिस गरिरहेका छन् । सुदूरपश्चिमको चर्चित ठाउ रामारोसन गाउपालिकामा दृष्या कैद गरेको यस म्युजिक भिडियोमा दर्जनौ भन्दा बढी नेपाली गीतसंगीतका म्युजिक भिडियोमा अभिनय तथा स्वार भरिसकेका स्वयम गायक जनक साउद र नब मोडल स्वरोस्वती बनको अभिनय रहेको छ । रामारोसन गाउपालिका बासिन्दाले अभिनय गरेको म्युजिक भिडियोमा रामारोसन गाउपालिका स्थानीय कलाकार स्थानीय स्तरमा बनाईएका मौलिक सामाग्री हस्तकला र लोपोन्मुख बाजागाजा पनि देखाईएका छन् ।

म्युजिक भिडियोलाई निर्देशक जनक साउदले निर्देशन गरेका छन । सुदूरपश्चिममा पछिल्लो पटकका चर्चित क्यामेरा म्यान अमित बिकको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन भने अनुप बिकले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना ।