चर्चित कलाकार रामकुमार कार्कीको नयाँ गित “जे गरेनी चल्यो” सर्बत्र चर्चामा (भिडियो सहित)

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ४ २०७६
  • तामाकोशी

रामेछाप, चर्चित कलाकार रामकुमार कार्कीको नयाँ गित “जे गरेनी चल्यो” पछिल्लो समय सर्बत्र चर्चामा रहन सफल बनेको छ । केहि समय अगाडी युट्युवमा सार्वजनिक उक्त गित यथार्थपरक र समयसापेक्षित गित भएकोले पनि संगितको बजारमा चर्चा धेरै भएको हो ।



गितको शब्द र संगितको संयोजनले बर्तमान राजनैतिक दलको नेतृत्व तहबाट राष्ट्रमा भएगरेका बिकृति र विसंगतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ । उक्त गीतमा रामकुमार कार्की र पार्वती कार्कीले सुमधुर आवाज भरेका छन् । रामेछापकै अर्का कलाकार रामकुमार पौडेलको उत्कृष्ठ लय तथा शब्द सृजनामा सजिएको “जे गरेनी चल्यो” बोलको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको अभिनय रहेको छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश दि.सी ले गरेका छन् ।

घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि, चन्चले नानि लगाएतका गीतहरुबाट श्रोता तथा दर्शकहरुको अपार मन जित्न सफल कलाकार रामकुमार कार्कीको “जे गरेनी चल्यो” पछिल्लो समयमा आएको अर्काे आशावादी गित हो ।

   (भिडियो )