कलाकार विनोद लामाको आवाजमा अर्काे रोमान्टिक गित “पण्डित बा” बजारमा (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, बैशाख २२ २०७६
  • तामाकोशी

काठमान्डौं । चर्चित कलाकार विनोद लामाको आवाजमा सजिएको नयाँ लोक गित “पण्डित बा” सार्वजनिक भएको छ । मनसुन क्रियशन प्रा लीको प्रस्तुतीमा निकै रोमान्टिक गित “पण्डित बा” संगितको बजारमा आएको हो । कलाकार बिनोद लामा र देवि गजमेरको आवाजमा सजिएको “पण्डित बा”  भिडियो सार्वजनिक भएको छ।

बिक्रम लामाको सर्वोकृष्ट शब्द सिर्जना तथा बिनोद लामाको उत्कृष्ठ लय सिर्जनामा रहेको निकै चोटिलो गहकिला प्रसंग गीत मार्फत समेटिएको छ । गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन । रामेछापका एक होनाहार कलाकार विनोद लामा विगत लामो समय देखि सांगितिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ भने उहाँको विभिन्न गितहरु बजारमा छन् ।



बासु बरालको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशनमा भिडियो निर्माण भएको छ । गीतको भिडियोमा चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र चर्चित मोडल आरुसी मगरको अभिनय रहेको छ ।
                                                            (भिडियो)

https://www.youtube.com/watch?v=wyIYquPj7J4&feature=share&fbclid=IwAR2hzpFG5FArCyF1VfZvTiSdNfoa-xSb2kpzrbQx9IibanM0rGz0zkHIRaA