काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष एवं वरिष्ठ लोक गायक राजेन्द्र कुमार कार्कीको नयाँ गीत ‘मुना पलायो’ बजारमा सार्वजनिक गरिएको छ । राष्ट्रिय संगीतकर्मी संघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतको विमोचन गरेको हो ।
मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा सिर्जु अधिकारी, सन्ध्या सानु, ओबी रायमाझी, सञ्जीव ठकुरी, जयराम गिरी र कल्याण कार्कीको र अभिनय रहेको छ । बिमोचित उक्त गीतमा राजेन्द्र कुमार कार्की, कुलेन्द्र बिक र मेलिना राईको सुमधुर स्वर रहेको छ । बिष्णु खत्रीले संगीत भरेको उक्त गितमा ओमन राणाको नृत्य निर्देशन, सागर गौतमको छायांकन र रोशन धितालको सम्पादन गरेका हुन् ।
बिमोचन कार्यक्रममा रेशम थापा, बिष्णु खत्री तथा अथितिको रुपमा राकेश श्रेष्ठ, रमेश दुलाल कागे, गोबिन्द दुलाल, श्रीकृष्ण दाहाल, आशा लामा, पम्फा थापा, सुर्यमणि आर्चाय, गोविन्द ढुङगाना, कुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।
धेरै गितहरु बजारमा ल्याइ स्रोता दर्शकको अपार साथ पाउन सफल कलाकार राजेन्द्र कुमार कार्की विगत लामो समयदेखि संगितको बजारमा ब्यस्त छन् ।
भिडियो