काठमाडौ – नयाँ वर्षको शुभकामना सहित नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । विशेष फिल्मसको प्रस्तुति भुपेन्द्र धामीको डेउडा गित “तेरी माया मानि”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भुपेन्द्र धामीको लय तथा शब्द सृजना रहेको उक्त गितमा भुपेन्द्र धामी र शोभा थापाले सुमधुर स्वर दिनु भएको छ । विजय थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई डीबी रौलेले क्यामरामा कैद गरेका छ ।
रविन्द्र थापाले सम्पादन गरेको म्युजिक भिडियोमा टेक बिष्ट र अमृता बोहोराको अभिनय रहेको छ । यस गितलाई म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :