काठमाडौ – नयाँ वर्षको शुभकामना सहित नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । विशेष फिल्मसको प्रस्तुति चक्र साउद आर.सी र गायिका शोभा थापाको सयुक्त प्रस्तुति मौलिक डेउडा गित”फुल बुट्टा भरिजाउ”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राजेन्द्र शाहको लय तथा शब्द सृजना रहेको उक्त गितमा चक्र साउद आर.सी र गायिका शोभा थापाले सुमधुर स्वर दिनु भएको छ । भिम थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई बासु बरालले क्यामरामा कैद गरेका छ ।
प्रविन रश्मि मगरले सम्पादन गरेको म्युजिक भिडियोमा रोजी कुवर र भिम खडकाको अभिनय रहेको छ । यस गितलाई विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :