गायन हुदै मोडलिङमा पनि जम्दै शुसिता तामाङ (भिडियो सहित)

  • प्रकाशित मिति: बुधबार, चैत्र १३ २०७५
  • तामाकोशी

नेपाली लोक संगितको क्षेत्रमा गायनबाट प्रवेश गरेकी कलाकार शुसिता तामाङ पछिल्लो समयमा मोडलिङमा पनि उत्तिकै ब्यस्त छिन । रामेछाप जिल्ला लिखु तामाकोसी गाँउपलिका वडा नम्बर ५ की तामाङले बिन्दा फिल्मस प्रा.लि. को प्रस्तुतिमा रहेको “सोल्टिज्यु” सेलो गित मार्फद मोडलमा पनि उत्तिकै अब्बल रहेको प्रमाणित गरेकी हुन् ।
धेरै गितहरुमा आवाज दिएर कलाकारिताको क्षेत्रमा राम्रै प्रभाव छोड्न सफल गायिका शुसिता तामाङले पछिल्लो समयमा “सोल्टिज्यु” मा पनि आफ्नो कलाको प्रभावलाई निरन्तरता दिइएकी छन् । संगितको बजारमा निक्कै चर्चामा रहेको गित “सोल्टिज्यु” मा बैरागी मोक्तानको लय, शब्द सृजनामा सुसिता तामाङ र बैरागी मोक्तानले स्वर दिएका छन् ।

गितको म्युजिक भिडियोमा नेपाली लोक दोहोरी गीतहरुमा नृत्य तथा अभिनय गर्दै आएका मोडल सन्जिव ठकुरी र गायिका स्वयंम शुसिता तामाङ ले अभिनय गरेका छन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा दुर्लभ श्रेष्ठको छायाङ्कन छ भने मिलन बि.क. को सम्पादन रहेको छ । गित मोडल संजिव ठकुरिको अफिसियल युटुवच्यानलबाट बजारमा आएको हो ।



                                                         (भिडियो सहित)