काठमाडौँ– आफैले गाएको चलचित्र यात्रामा समोवश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत बिगारेको भन्दै गायिका मलिना राईको यति साह्रो आक्रोश । आज हामी यो भिडियोमा यसैमा केन्द्रित रही कुरा गर्नेछौँ ।
चलचित्र यात्रा जसमा सलिनमान बानियाँ, सलोन बस्नेत, मल्लिका महत लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ र यो सिनेमाको ‘चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा’ बोलको गीत केही दिन अगाडि सार्वजनिक भएको थियो भने युट्युबमा गीताले राम्रो भ्युज पनि पाइरहेको छ ।
दर्शकले भ्युजको हिसाबमा यो गीतलाई मनपनि पराउनुभएको छ तर, विशेषगरी यो गीत जुन रहेको छ यसमा दर्शकहरूले कमेन्ट गर्नुको मुख्य कारण भनेको यो गीत पुरानो चलचित्र आफ्नो मान्छेमा समोवश गरिएको गीतलाई रिएरेन्ज गरिएको थियो । र, रिएरेन्ज गरेको गीतलाई दर्शकले विशेषगरी पुरानो जस्तो नभएको छ पुरानोलाई बिगारेको भनेर धेरै कमेन्टहरु गरेको छ।
गीतमा अधिकांश कमेन्ट नराम्रो आएको साथै डिसलाइक बढी आएको छ भने गीतका गायक धर्मेन्द्र सेवाङ र गायिका मेलिना राई प्रति पनि नराम्रो कमेन्ट गरेका छन् । गीतमा अत्याधिक मात्रामा नराम्रो कमेन्ट बढेपछि यस गीतका गायिका मेलिना राईले आवाज उठाएकी छन् भने आक्रोश पनि व्यक्त गरेकी छन् ।
थप जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस् :